Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल एण्ड मेडिकल कलेजकाे सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

स्थानीय श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा भएको शिविरमा महिला तथा पुरुष गरी करिब ४ सय जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका थिए ।

शिविरमा सहभागी स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो । ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आफ्नै गाउँमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार यादवले स्थानीयवासीले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा पाउँदा राहत महसुस गरेको बताए । उनले जनप्रतिनिधि र जनताबीचको दूरी बढ्दै गएको गुनासो सुनिन थालेपछि ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरका लागि पहल गरेको बताए ।

यादवले पत्रकारितामार्फत जनताको आवाज उठाउनुका साथै जनताको सुखदुःखमा समेत आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

शिविरमा स्थानीय युवाहरू सन्तोष यादव (भोला), राजेश पण्डित, मनोज मण्डल, सरोज मण्डल, यश मण्डल, कमलेश मण्डललगायतको सक्रिय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...