Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

वीरगञ्जका जलस्रोत तथा सिँचाइ विकास डिभिजनका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगञ्ज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अधिकृत छैठौं (प्राविधिक) गजेन्द्रप्रसाद जयसवाल र विकी यादवविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ मा पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित ‘जलस्रोतको पुनर्भरण तथा भण्डारण कार्य (सार्वजनिक इनार/पोखरी निर्माण तथा मर्मतसम्भार)’ योजनामा भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको छ।

आयोगका अनुसार योजनाको भुक्तानी दिने र धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुवै अधिकृतले मिलेमतो गरी ३ लाख ४५ हजार रुपैयाँ घुस लिएका थिए।

कार्यालय समयमा रकम लिन नमिल्ने भन्दै गजेन्द्रप्रसाद जयसवालले अर्को व्यक्तिमार्फत घुस रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले दुवै अधिकृतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी सोही रकम बराबरको बिगो तथा कानुनबमोजिमको सजाय मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गौरको नेपाल–भारत सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्। मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र...

नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, आफन्त आन्दोलित

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा...

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वीरगंज । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । ५५...