Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राजकपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन् ।

गत आइतबार राति स्थानीय श्रीनिवास साह तुराहाको घरमा चोरी भएको थियो । घरको दोस्रो तल्लामा सुतेकी उनकी पत्नी ६२ वर्षीया लखरजिया देवी सोमबार बिहान सोही कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको कोठामा रहेको दराज र बाक्सा फुटाएर नगद तथा गरगहना चोरी भएको थियो ।

प्रहरीका अनुसार घटनाको राति तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए । त्यसपछि घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलाको झ्यालबाट उनीहरू घरभित्र प्रवेश गरेका थिए । दराज फुटाएर नगद तथा गरगहना चोरी गरेपछि अर्को कोठामा रहेको टिनको बाक्सा फुटाउँदै गर्दा लखरजिया देवी ब्युँझिएर माथिल्लो तलामा पुगेकी थिइन् ।

उनीहरूलाई देखेपछि तीनै जनाले फलामको धारिलो वस्तुले प्रहार गरी लखरजियाको हत्या गरेको र नगद तथा गरगहना लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पटेललाई शुक्रबार वीरगंजबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट चोरी भएको रकम, सुनका गरगहना, गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...