Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको विमोचन

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच औपचारिक विमोचन गरिएको छ ।

गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेद्वारा मन्त्रपाठ तथा पूजापाठ गरी विमोचन कार्यक्रमको शुभारम्भ गरिएको थियो । पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पत्रिकाको औपचारिक विमोचन गरेका थिए ।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, उपाध्यक्ष वीरेन्द्र साहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले आर्थिक नगरी वीरगञ्जबाट प्रकाशन सुरु गरेको ‘देश मधेश’ साप्ताहिकको सफलताको शुभकामना व्यक्त गरे । गहवामाई मन्दिर परिसरजस्तो पवित्र धार्मिक स्थलबाट पत्रिकाको विमोचन गरिनु सकारात्मक र प्रेरणादायी रहेको उनले बताए ।

“होटलमा तडकभडकका साथ गरिने विमोचनभन्दा पवित्र मन्दिर परिसरबाट पत्रिकाको शुभारम्भ गर्नु ऐतिहासिक र प्रेरणादायी कार्य हो,” चौधरीले भने ।

उनले देश र समाजको विकासका लागि पत्रिकाले निरन्तर कलम चलाउँदै समाजमा देखिएका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने विश्वास व्यक्त गरे । वीरगंजका क्रियाशील पत्रकारहरूको टिमले सञ्चालनमा ल्याएको पत्रिकाले सत्य–तथ्य समाचार सम्प्रेषणमार्फत पाठकको विश्वास जित्ने उनले बताए ।

त्यसैगरी, नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाईले युवा पत्रकारहरूको सक्रियतामा प्रकाशनमा आएको ‘देश मधेश’ साप्ताहिकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । पत्रिकाले आवाजविहीनहरूको आवाज बनेर पाठकको विश्वास जित्ने अपेक्षा उनले व्यक्त गरे ।

पण्डित पुरुषोत्तम दुबेले अनन्त चतुर्दशीको अवसरमा शुभारम्भ गरिएको पत्रिकाले देश र समाजको पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे । शुभ दिनमा विमोचन गरिएको पत्रिकाले पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...

स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी भवनमा स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्ग...

वीरगंजमा विपद् जोखिम न्यूनीकरणबारे जनचेतना कार्यक्रम

वीरगंज । विपद्का समयमा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले वीरगंजमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ...