Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

नेपालगन्ज कांग्रेस नगर सभापतिमा विनोद रिजालको सशक्त दाबी

spot_img
spot_img

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका नगर सभापति पदका लागि युवा नेता विनोद रिजालले सशक्त दाबी प्रस्तुत गरेका छन् । लामो राजनीतिक अनुभव, संगठन निर्माणमा सक्रियता र कार्यकर्तासँगको आत्मीय सम्बन्धलाई आधार बनाउँदै रिजाल नेतृत्वको दौडमा अघि बढेका हुन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजालले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला सभापतिको जिम्मेवारी दुईपटक सम्हालिसकेका छन् । विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनसम्म काम गरेको अनुभव रिजालसँग छ ।

रिजाल नेपाल तरुण दल बाँकेको जिल्ला सचिवको जिम्मेवारीमा समेत सक्रिय छन् । विभिन्न तह तथा भ्रातृ संगठनमा रहेर काम गरेको अनुभवका कारण पार्टीको संगठनात्मक संरचना र कार्यकर्ताको भावना बुझ्ने नेताका रूपमा उनले आफ्नो पहिचान बनाएका छन् ।

कार्यकर्ताको सुखदुःखमा साथ दिने, संगठनका गतिविधिमा निरन्तर सक्रिय रहने तथा युवा र अग्रज नेताबीच समन्वय गर्दै अघि बढ्ने आफ्नो कार्यशैलीलाई रिजालले नेतृत्वको आधार बनाएका छन् ।

नगर सभापतिमा निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको सक्रियता बढाउने र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको रिजालको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला नेपालगन्ज नगर सभापतिको प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ । लामो राजनीतिक अनुभव र संगठनात्मक सक्रियताका कारण रिजालको दाबेदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

चार दशक नजिकको राजनीतिक यात्रामा संघर्ष, अनुभव र संगठनलाई आधार बनाउँदै आएका रिजालले अब नेपालगन्ज कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारी सम्हाल्ने लक्ष्यसहित आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा...

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...