Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना नहटाइने

spot_img
spot_img

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभएको छ।

मुख्य सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको भेटमा मेयर सिंहले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षण गर्दै सडक विस्तारको काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको जानकारी दिनुभयो। सोहीअनुसार धार्मिक संरचनाको संरक्षणलाई समेत ध्यानमा राखेर सडक विस्तारको डीपीआर तयार गरिएको उहाँले बताउनुभयो।

सडक सीमामा पर्ने महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायतका धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने मेयर सिंहले स्पष्ट पार्नुभयो।

सडक विस्तारबाट प्रभावित घरधनीका समस्या र गुनासोबारे छलफल गर्दै उहाँले सडक सीमा छाडेर नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थाका सम्बन्धमा पनि पुनर्विचार गरिने बताउनुभयो। मुख्य सडक क्षेत्रमा आवश्यक सुविधा र सहजता हुने गरी महानगरपालिकाले सहजीकरण गर्ने उहाँको भनाइ थियो।

त्यस्तै, सडक विस्तारका क्रममा प्रभावित भई नयाँ संरचना निर्माण गर्नुपर्ने घरधनीलाई नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउन महानगरपालिका तयार रहेको मेयर सिंहले जानकारी दिनुभयो। यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गराउने तयारी रहेको उहाँले बताउनुभयो।

भेटमा सडक विस्तारबाट प्रभावित घरधनीका प्रतिनिधिहरूले आफूहरूले भोग्नुपरेका समस्या, क्षति तथा नयाँ संरचना निर्माणका क्रममा देखिन सक्ने व्यावहारिक कठिनाइबारे मेयर सिंहको ध्यानाकर्षण गराएका थिए।

छलफलमा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफलगायत प्रभावित घरधनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीकाे दुई विद्यालयमा शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम...

रसुवा बाढीमा बेपत्ता भएका परिवारको घरमा सांसद अन्सारी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले रसुवाको भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारमा पुगेका छन् । बारा क्षेत्र नम्बर ४ का सांसद...

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...