Date
आइत, कार्तिक २९, २०८३
Sun, November 15, 2026

मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन

spot_img
spot_img

वीरगंज । भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपाली महिलाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगंजको समन्वय तथा सहकार्यमा भदौ २७ गते शनिबार ती महिलालाई मुजफ्फरपुरबाट उद्धार गरी वीरगंज ल्याइएको थियो ।

भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा मानवसेवा आश्रम वीरगंजकाे संयुक्त प्रयास, समन्वय र सहकार्यमा उद्धार सम्भव भएको मानवसेवा आश्रमले जनाएको छ । वीरगंज ल्याएपछि आश्रमले आवश्यक हेरचाह तथा संरक्षण प्रदान गर्दै उनको परिवारसँग सम्पर्क र समन्वय थालेको थियो ।

निरन्तरको प्रयासपछि ती महिलाका बुवासँग सम्पर्क स्थापित भएको थियो । त्यसपछि आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा उनलाई बुवाको जिम्मा लगाइएको हो ।

लामो समयदेखि परिवारबाट टाढा रहेकी ती महिलाको उद्धारपछि परिवारसँग सफल पुनर्मिलन भएको मानवसेवा आश्रमले जनाएको छ ।

उद्धार तथा पारिवारिक पुनर्मिलनमा सहयोग र समन्वय गर्ने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्पूर्ण सहयोगीप्रति मानवसेवा आश्रम वीरगंजले आभार व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...

छठका दिन घाट क्षेत्रमा माछा–मासु र मदिरा बिक्री तथा सेवन गर्न नपाइने

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पटका, आतिसबाजी तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र...

‘मधेशलाई चाडपर्वमा मात्र होइन, विकासमा पनि सम्झिनुपर्छ’ : प्रदीप यादव

वीरगंज । पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेशलाई चाडपर्व र राजनीतिक भ्रमणका बेला मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी,...