Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026

सबैठवाबाट १० लाख ५८ हजार रुपैयाँभन्दा बढीको अवैध कपडा बरामद

spot_img
spot_img

वीरगंज । पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला परेको विभिन्न किसिमका कपडालाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको खुलासा : प्रधानमन्त्री बालेन शाहलाई रास्वपाभित्रैबाट असफल बनाउन खोजिँदैछ

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि व्यवहारमा सरकार शक्तिहीन लाचार बनेको...

वीरगंजमा रक्तदान कार्यक्रम, २५ युनिट रगत संकलन

वीरगंज । लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज मेट्रोसिटी र तेरापन्थ युवक परिषद् वीरगंजकाे संयुक्त आयोजनामा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम...

वीपी उद्यानमा रेल्वे पार्क बनाउने योजना पुनः अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ ।...