Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र न्याय दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध जेन्जी युवाहरूले गरेको विद्रोह तथा अर्थपूर्ण राजनीतिक हस्तक्षेपलाई सम्मानपूर्वक स्मरण गर्नुपर्ने बताए ।

उनले तत्कालीन ओली सरकारले जेन्जी आन्दोलनका क्रममा गरेको निर्मम दमनपछि सरकारको पतनदेखि वर्तमान संसद् र सरकार गठनसम्म आइपुग्दा आन्दोलनकारी युवाहरूले देखेका सपना कति पूरा भए र कति पूरा हुने क्रममा छन् भन्ने विषय आफ्नै ठाउँमा रहेको बताए ।

तर आन्दोलनका धेरै योद्धाहरू अहिले पनि जेलमा रहेको, कतिपयले मुद्दा खेपिरहेको र कतिपय अझै फरार हुन बाध्य भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद पन्तले न्याय प्रणालीप्रति प्रश्न उठाउँदै भने, “गोली खाने र गोली खान तयार हुनेचाहिँ दोषी हुने अनि गोली हान्ने र गोली हान्न लगाउनेचाहिँ निर्दोष ठहरिने, यो कस्तो न्याय हो ?”

उनले जेन्जी आन्दोलनकै जगमा भएको निर्वाचनबाट आफू निर्वाचित भएको उल्लेख गर्दै आन्दोलनकारी युवालाई दोषी ठहर गरिए आफू पनि दोषी हुने तर्क गरे ।

“यदि ती भाइबहिनीहरू दोषी हुन् भने त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित म पनि दोषी हुँ । यो सरकारका मन्त्रीहरू र प्रधानमन्त्री पनि दोषी हुन्,” उनले भने ।

सांसद पन्तले सभामुखमार्फत जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा लागेका तथा घाइते भएका युवाहरूलाई तत्काल न्याय प्रदान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...