Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१ अन्तर्गत तिलाईपुल–भिष्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीले तिलाईपुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कारलाई रोकी चेकजाँच गर्दा कारको डिकीभित्र १२ वटा पोकामा राखिएको गाँजा फेला परेको थियो।

गाँजासहित कारका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ निवासी २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका चेपाङमाथि लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...