Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

spot_img
spot_img

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त रूपमा संकलित ४६ हजार १८२ रुपैयाँ, शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको ५७ हजार ८१६ रुपैयाँ तथा विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँ गरी कुल १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग रकम जुटाइएको हो।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि मानवीय भावनासहित शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय स्वयंले योगदान गरेका हुन्। शिक्षक तथा कर्मचारीले आफ्नो एक दिन बराबरको तलब स्वतःस्फूर्त रूपमा दान गरेका थिए भने विद्यार्थी तथा अभिभावकबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको थियो।

विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँसहित संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको विद्यालयका सहप्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए।

संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट यसरी संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ। प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ।

प्रधानाध्यापक चौधरीले विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरे। उनले दुःखमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै सुखमा मात्र होइन, दुःख र संकटका समयमा पनि एक–अर्काको साथमा उभिएर हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश यस सहयोगले दिएको बताए।

विद्यालयले विपद्को यस घडीमा “मानवताका लागि मानवता” भन्ने भावनालाई आत्मसात् गर्दै गरेको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...