Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

spot_img
spot_img

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

चाचान समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगञ्जको तर्फबाट थप १ लाख ११ हजार रुपैयाँ सहयोग गरिएको हो ।
चाचान समूहअन्तर्गत नारायणी आयल रिफाइनरीबाट ४१ लाख रुपैयाँ, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख रुपैयाँ र आदर्श पोली प्लास्टिक प्रालिको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको चाचान समूहले जनाएको छ ।

उक्त रकम एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।

यसैगरी, मारवाडी सेवा ट्रस्ट वीरगञ्जका अध्यक्षसमेत रहनुभएका बाबुलाल चाचानले ट्रस्टको तर्फबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको ट्रस्टका महासचिव नरेन्द्र साहले आज जानकारी दिनुभयो।

चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले विपद् र संकटको समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस्तो दैवी प्रकोप र विपद्को समयमा हामी सबै नेपाली एकजुट भएर एक–अर्कालाई सहयोग गर्नुपर्छ। पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व पनि हो।”

विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा सहयोगका लागि उक्त रकम प्रदान गरिएको जनाइएको छ । समाजसेवा र मानवीय सहयोगमा उद्योगी–व्यवसायी तथा सामाजिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै चाचान समूह र मारवाडी सेवा ट्रस्टले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...