Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रुङ्टा ग्रुपद्वारा विपद् प्रभावितका लागि २ करोड १ लाख सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंजका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा अध्यक्ष रहेको रुङ्टा ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो ।

यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए । तर, घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धताभन्दा करिब ६ गुणा बढी रकम अर्थात् २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकता र परिस्थितिअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेको अवस्थामा रुङ्टा ग्रुपको सहयोगलाई सामाजिक उत्तरदायित्व र मानवीय भावनाबाट प्रेरित महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा बाढीपीडितका लागि जेन जि पर्साको राहत सामग्री संकलन अभियान

वीरगंज । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि जेन जि युथ फोर्स पर्साले राहत सामग्री संकलन अभियान सुरु गरेको छ । जेन...

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...