Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

spot_img
spot_img

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional Orientation and Career Empowerment” विषयक एकदिने प्रशिक्षण कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) र नेपाल इन्जिनियर्स एसोसिएशन (NEA) केन्द्रीय कार्यालयको संयुक्त आयोजनामा तथा नेपाल इन्जिनियर्स एसोसिएशन वीरगंज सेन्टर/च्याप्टरको सहकार्यमा होटल पुजन, अलखिया रोडमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एसोसिएशन वीरगंज सेन्टर/च्याप्टरका सभापति इ. प्रियान्सु कुमार गुप्ताले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा सेन्टर/च्याप्टरका पूर्व अध्यक्ष इ. रघिब हुसैन तथा विशिष्ट अतिथिका रूपमा नेपाल इन्जिनियर्स एसोसिएशनका केन्द्रीय अध्यक्ष इ. सुभाष चन्द्र बरालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीरगंज सेन्टर/च्याप्टरका पूर्व अध्यक्ष तथा वरिष्ठ इन्जिनियरहरू, नेपाल इन्जिनियर्स एसोसिएशन मधेश प्रदेश समितिका कोषाध्यक्ष, वर्तमान तथा निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनको सुरुवात, करियर विकास, व्यावसायिक दक्षता, कार्यक्षेत्रका अवसर र पेशागत जिम्मेवारीलगायतका विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रशिक्षक तथा प्रस्तोताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो पेशागत जीवन र करियरसँग सम्बन्धित जिज्ञासा राखेका थिए । प्रशिक्षकका रूपमा सुभाष चन्द्र बराल, भरत बान्जारा, रुपेन्द्र बार र डोज थापाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति इ. प्रियान्सु कुमार गुप्ताले युवा इन्जिनियर तथा आर्किटेक्टहरू देशको विकास र समृद्धिका महत्वपूर्ण साझेदार रहेको बताउनुभयो । उहाँले प्राविधिक दक्षतासँगै व्यावसायिक इमानदारी, नैतिकता, गुणस्तर, अनुशासन र जनहितलाई प्राथमिकतामा राखेर पेशागत यात्रा अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले वीरगन्ज सेन्टर/च्याप्टरले युवा तथा नवदीक्षित इन्जिनियरहरूको करियर अभिमुखीकरण, व्यावसायिक विकास, मेन्टरसिप तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रशिक्षणमा सहभागी नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई सहभागिताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...