Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

spot_img
spot_img

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिमरा विमानस्थलमा पनि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए । सेवाग्राहीको चाप र आवश्यकताअनुसार आगामी दिनमा सञ्चालन समय थप गर्न सकिने उनले बताए ।

स्वास्थ्य सहायता कक्षबाट विमानस्थलमा कार्यरत कर्मचारी, यात्रु, सरसफाइकर्मी तथा सुरक्षाकर्मीलगायतलाई आकस्मिक स्वास्थ्य जाँच, प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराइने सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

यात्रुमा आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल मेडिकल इमर्जेन्सी केयर उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिएको जनाइएको छ । विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भएमा नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिममार्फत आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराइनेछ ।

स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ । विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श लिन सहज हुने अपेक्षा गरिएको छ ।

विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजको सहकार्यमा सुरु गरिएको स्वास्थ्य सहायता कक्षलाई आवश्यकता र प्रभावकारिताका आधारमा थप व्यवस्थित गर्दै लैजाने तयारी गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. ईशरत जहानलगायत कलेजका प्रशासनिक कर्मचारी, विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...