Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

एनभी निर्वाण र कुशको नयाँ गीत ‘लाली’ सार्वजनिक

spot_img
spot_img

काठमाडौं । क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ । ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक डान्स तथा पार्टी फ्लेभरको गीत ‘लाली’ ल्याएका हुन् । गीतमा प्रेम, युवापुस्ताको आकर्षण र नाइटलाइफलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

क्याची कोरस र ऊर्जावान् बीट रहेको गीतमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर रहेको छ । गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने गीतको संगीत संयोजन तथा बीट प्रोडक्सन Lay Zy ले गरेका छन् ।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको गीतमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको मिश्रण सुन्न सकिन्छ ।

हरि हुमागाईंको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय रहेको छ । भिडियोको डीओपी तथा भिजुअल सम्पादन निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन् । प्रबिन मानन्धरले भिडियोको कलरिङ तथा सम्पादन गरेका छन् ।

सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतमा सक्रिय निर्वाण र कुशको ‘लाली’लाई प्रवासबाट नेपाली संगीतमा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ । डिजिटल प्लेटफर्म तथा टिकटक–रिल्सलाई लक्षित गरी तयार पारिएको गीतले युवापुस्तामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...