Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वीरगंजमा उपभोक्ता अदालत स्थापनाको माग, प्रदेश सरकार सहयोग गर्न तयार छ : मन्त्री पटेल

spot_img
spot_img

वीरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा वीरगंजस्थित होटल वृन्दावनमा आइतबार ‘उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले उपभोक्ता अधिकार संरक्षणका लागि उपभोक्ता अदालत स्थापना तथा सञ्चालन आवश्यक रहेको बताएका छन् । उनले उपभोक्ता अधिकार सुनिश्चित गर्न प्रभावकारी कानुनी तथा नियामक संयन्त्र आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारका तर्फबाट उपभोक्ता अदालत स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पटेलले उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले प्रत्येक प्रदेशमा उपभोक्ता अदालत गठन गर्नुपर्ने माग गरेका थिए । उपभोक्ता हकहितसँग सम्बन्धित विवादलाई छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्न छुट्टै अदालत आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

वीरगंज आर्थिक तथा व्यापारिक गतिविधिको प्रमुख केन्द्र भएकाले यहाँ उपभोग्य वस्तु तथा सेवाको कारोबार ठूलो रहेको र उपभोक्ताको संख्या तथा मागसमेत उच्च रहेकाले उपभोक्ता अदालतको आवश्यकता अझ बढी रहेको सहभागीहरूले बताए । बजारमा बढ्दो वस्तु तथा सेवाको विविधतासँगै उपभोक्ता ठगी, गुणस्तरहीन वस्तु तथा सेवा, मूल्यमा हुने अनियमितता र अधिकार उल्लङ्घन नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

अन्तरक्रियाका क्रममा उपभोक्ता अदालत स्थापना तथा सञ्चालनसँगै नसर्ने रोगको रोकथामका लागि उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । बजारमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर, उपभोग्य वस्तुको मापदण्ड, लेबलिङ तथा स्वास्थ्यमा पार्ने प्रभावबारे उपभोक्तालाई सचेत बनाउनुपर्नेमा सहभागीहरूले जोड दिए ।

पर्सा जिल्ला अदालतका न्यायाधीश महेन्द्र पोखरेलले उपभोक्ता अधिकार संरक्षणका लागि विद्यमान कानुनी व्यवस्था, न्यायिक प्रक्रियाको प्रभावकारिता तथा उपभोक्ता विवाद समाधानलाई सहज बनाउने विषयमा धारणा राखे ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति वानियाँले उपभोक्ता अधिकार संरक्षणका लागि राज्यका सबै तहका सरकार, न्यायिक निकाय, व्यवसायी, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

उपभोक्ता अदालत गठन भएपछि उपभोक्ताले आफ्ना गुनासा तथा अधिकार उल्लङ्घनका विषयमा छिटो न्याय पाउने वातावरण बन्ने उनको भनाइ थियो । उनले हाल काठमाडौं, ललितपुर र भक्तपुरमा उपभोक्ता अदालत गठन भई सेवा प्रवाह भइरहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं, अधिवक्ता शिव कोइराला, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलगायतले उपभोक्ता अधिकार, बजार अनुगमन, गुणस्तरीय वस्तु तथा सेवा, उपभोक्ता सचेतना र नसर्ने रोग रोकथामका विषयमा धारणा राखेका थिए ।

वक्ताहरूले उपभोक्ताको अधिकार कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न प्रभावकारी बजार अनुगमन, दोषीमाथि कारबाही र उपभोक्तालाई सहज रूपमा न्याय प्राप्त हुने व्यवस्था आवश्यक रहेको बताए । साथै, उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा गुणस्तर, मूल्य, उत्पादन तथा म्याद सकिने मिति र लेबललगायतका विषयमा समेत सचेत हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा उपभोक्ता अधिकार संरक्षण तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार विजय भण्डारी, निरज पिठाकोठे, अजित भुजेल र अजय अधिकारीलाई सम्मान गरिएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले गरेका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, कानुन व्यवसायी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा उपभोक्ता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...