Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

गौतम स्कूलद्वारा नारायणी अस्पतालको निःशुल्क भोजन शिविरमा सहयोग

spot_img
spot_img

वीरगंज । गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरमा सहयोग गरेको छ ।

वीरगंज समाजसेवाद्वारा सञ्चालित निःशुल्क भोजन शिविरमा एक दिनको सम्पूर्ण भोजन खर्चबापत ३२ हजार रुपैया सहयोग गरिएको हो । गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्रीले ३२ हजार रुपैयाँको चेक वीरगंज समाजसेवाका महासचिव प्रकाश बाहेतीलाई हस्तान्तरण गरेका हुन् ।

गौतम समाज कल्याण संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्तालगायत पदाधिकारीहरूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गौतम सेकेन्ड्री स्कूलका विद्यार्थी, शिक्षक तथा एनसीसीका विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सौराज प्रधानले सामाजिक सेवाको भावनाबाट प्रेरित भएर संस्था तथा विद्यालयले विभिन्न सहयोगात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको बताए।

गौतम सेकेन्ड्री स्कूल स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा सामाजिक सेवाका कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

‘विद्यालयको ५०औँ वर्ष पुगेको अवसरमा अब हरेक महिना खाना खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ। त्यसैको सुरुवात आज वीरगंज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट गरेका हौँ,’ प्रधानले भने ।

गौतम समाज कल्याण संस्था तथा विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...