Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

युवा केवल भविष्य नभई वर्तमानको शक्ति र राष्ट्र निर्माणका मुख्य संवाहक रहेको उल्लेख गर्दै पाण्डेले युवाको ऊर्जा, सोच, क्षमता र सिर्जनशीलतालाई सही अवसर र नेतृत्वसँग जोड्न सके समृद्ध तथा आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले पर्साका युवाहरूको आवाज, सपना र सम्भावनालाई सम्मान गर्दै युवाको सहभागिता, नेतृत्व र अवसरलाई अझ बलियो बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसले युवाको भूमिका, क्षमता र योगदानलाई थप उजागर गर्दै समाज तथा राष्ट्र निर्माणमा युवाको अर्थपूर्ण सहभागिताका लागि प्रेरणा प्रदान गर्ने उनले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...

स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै वीरगंजमा मेयरका आकांक्षी बढे

वीरगंज । निर्वाचन आयोगले आगामी फागुन मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेसँगै वीरगंज महानगरपालिकासहित पर्साका स्थानीय तहमा सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ...