Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

spot_img
spot_img

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास भएको प्रहरीले दाबी गरेको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ मा प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको भनिएको मोबाइलका पार्टपुर्जासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएपछि घटनालाई लिएर विवाद उत्पन्न भएको हो ।

प्रहरीका अनुसार साउन १८ गते शंकास्पद अवस्थामा रहेको मोबाइलका पार्टपुर्जा र ती सामग्री ओसारपसारमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा तस्करीमा संलग्न व्यक्तिहरू मोटरसाइकल र सामान छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले आवश्यक मुचुल्का तयार गरी सामान र मोटरसाइकल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

बरामद सामग्री छुटाउन केही व्यक्ति प्रहरी कार्यालय पुगेको तथा विभिन्न व्यक्तिमार्फत फोन गरेर दबाबसमेत आएको प्रहरीको दाबी छ । तर, कानुनी प्रक्रिया अघि बढिसकेको भन्दै प्रहरीले सामान फिर्ता गर्न अस्वीकार गरेपछि आफूहरूविरुद्ध अफवाह फैलाउने प्रयास भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बरामद मोबाइलका पार्टपुर्जा सुनिल मण्डलको भएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । घटनापछि मण्डल फरार रहेको बताइएको छ । यस्तै, बरामद सामग्री छुटाउन देव यादव प्रहरी कार्यालय पुगेका थिए । तर यादवले उक्त सामान आफ्नो नभएको बताएपछि आवश्यक सोधपुछ गरी प्रहरीले उनलाई छाडेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै अनुसन्धान अघि बढाइएको बताएका छन् । उनका अनुसार कुनै व्यक्ति वा समूहको दबाबका आधारमा बरामद सामग्री फिर्ता गर्न नमिल्ने भएकाले प्रहरीले सामान नछाडेको हो ।

‘बरामद भएको वास्तविक सामग्री मात्रै मुचुल्कामा उल्लेख गरिएको छ । कानुनी प्रक्रिया पूरा नगरी कुनै पनि सामान छाड्न मिल्दैन,’ एसपी खड्काले भने ।

प्रहरीका अनुसार बरामद मोबाइलका पार्टपुर्जा तथा त्यसको ओसारपसारमा प्रयोग भएको मोटरसाइकल सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकिएको छ । अब बरामद सामग्रीको स्वामित्व, ओसारपसारको उद्देश्य तथा भन्सार छली भए–नभएको विषयमा सम्बन्धित निकायबाट थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिका प्रमाणका आधारमा निर्धारण गरिने स्पष्ट पारेको छ । नाम जोडिँदैमा कसैलाई दोषी नठहराउने र अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा मात्रै निर्णय गरिने एसपी खड्काको भनाइ छ ।

यसैबीच, सामान फिर्ता गराउन खोज्ने प्रयास असफल भएपछि केही समूहले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउने तथा नकारात्मक प्रचार गर्ने गतिविधि थालेको प्रहरी स्रोतको दाबी छ । प्रहरीका अनुसार यस्तो प्रचारले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास हुनसक्ने भएकाले घटनासम्बन्धी विषयमा प्रमाण र आधिकारिक तथ्यका आधारमा मात्रै धारणा बनाउन आग्रह गरिएको छ ।

सीमावर्ती जिल्ला सप्तरीमा भारतबाट भन्सार छली गरी विभिन्न वस्तु नेपाल भित्र्याउने प्रयास हुँदै आएको भन्दै प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ । पछिल्लो समय लागूऔषध, गाँजा तथा अन्य अवैध सामग्री नियन्त्रणमा लिने क्रम बढेको प्रहरीको दाबी छ ।

मोबाइलका पार्टपुर्जा बरामद भएको घटनाबारे छानबिन समिति गठन गरिएको र समितिको प्रतिवेदनबाट घटनाको वास्तविकता थप स्पष्ट हुने एसपी खड्काले बताए ।

प्रहरीले कानुनी प्रक्रियामा गइसकेका बरामद सामग्री कुनै दबाब वा प्रभावका आधारमा फिर्ता नगर्ने जनाएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...