Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले सोमबार साँझ करिब ६ः३० बजे वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

पक्राउ पर्नेमा भारत बिहार, सितामढी जिल्ला डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।

प्रहरीले बरामद रकममध्ये एक हजार दरका ४ हजार ५ थान अर्थात् ४० लाख ५ हजार रुपैयाँ, पाँच सय दरका २ हजार ३ सय ५३ थान अर्थात् ११ लाख ७६ हजार ५ सय रुपैयाँ, एक सय दरका ६ सय ४३ थान अर्थात् ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ८४ थान अर्थात् ४ हजार २ सय रुपैयाँ रहेको जनाएको छ ।

प्रहरीले रकमसहित दुवै मोटरसाइकल नियन्त्रणमा लिएर पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...