Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा भोजन सेवा सहयोग गरेका छन्।

अवलोकनका क्रममा प्रहरी प्रमुख भट्टराईले आश्रममा आश्रित आमाबुबाहरूको अवस्था तथा आश्रमले सञ्चालन गर्दै आएको उद्धार, संरक्षण, उपचार र मानवसेवाका गतिविधिबारे जानकारी लिएका थिए।

सो अवसरमा नेपाल प्रहरीले मानवसेवा आश्रमका विभिन्न शाखामा २४ सै घण्टा एक जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरी सुरक्षा तथा आवश्यक समन्वयमा सहयोग गर्दै आएको जानकारी गराइएको थियो। आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूको सुरक्षा र संरक्षणमा प्रहरीले गर्दै आएको सहयोगप्रति आश्रम परिवारले आभार व्यक्त गरेको छ।

प्रहरी प्रमुख भट्टराईले आगामी दिनमा नेपाल प्रहरीका तर्फबाट तथा व्यक्तिगत रूपमा समेत मानवसेवा आश्रमलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मानवसेवा जस्तो पवित्र अभियानलाई प्रभावकारी बनाउन राज्यका निकाय, सुरक्षा निकाय तथा समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा मानवसेवा आश्रम पर्सा, वीरगञ्जका संरक्षक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दीपक शाक्य र मानवसेवा आश्रम वीरगञ्ज अभिभावक परिवारका संयोजक एवं उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताले गरेका थिए।

मानवसेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थल तथा विभिन्न कठिन परिस्थितिमा रहेका असहाय, बेसहारा र परिवारबाट परित्यक्त व्यक्तिहरूको उद्धार गरी आश्रय, संरक्षण, उपचार तथा पारिवारिक पुनर्मिलनका लागि निरन्तर काम गर्दै आएको छ।

आश्रम परिवारले प्रहरी प्रमुख भट्टराईले गरेको अवलोकन, खाद्यान्न तथा भोजन सहयोग र आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...