Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

spot_img
spot_img

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक प्रकाशन समूहको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतीक प्रकाशन समूहको ४०औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा गौतमलाई ५१ हजार रुपैयाँ राशिको सुबोध स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने जनाइएको छ । गौतम वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक हुन् ।

यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्न थालेको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

प्रतीक दैनिकले पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मी तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ ।

यसैक्रममा, प्रतीक दैनिकमा नियमित रूपमा स्तम्भ लेखन गर्दै आएका स्तम्भकार राजेन्द्र कोइरालालाई पनि स्तम्भकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई समेत वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने भएको छ ।

आगामी भदौ १ गते हुने ४०औँ वार्षिकोत्सव समारोहमा पुरस्कार तथा सम्मान वितरणसँगै प्रतीक दैनिकको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे समेत चर्चा गरिने जनाइएको छ । प्रतीक दैनिकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...