Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

ट्याङ्करबाट तेल चोरी गर्दै पक्राउ परेका सात जना को को हुन् ?

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भारतको आईसीपी नाकाबाट नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा इन्धन चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्याङ्करसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट सिल गरिएको फलामको पाइपको हुक उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगञ्ज–३ मालपोत चोक निवासी ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने वीरगञ्ज–१५ लक्ष्मणवा निवासी २३ वर्षीय असलम हवारी, पम्पका क्यासियर वीरगञ्ज–११ श्रीपुर निवासी २१ वर्षीय रफिक मियाँ रहेका छन् ।

त्यसैगरी, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौडा–१० निवासी ४६ वर्षीय केशर राम सुनार र सहचालक हेटौडा–११ निवासी २० वर्षीय सन्देश राना मगर तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक हेटौडा–१४ निवासी ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनामा प्रयोग भएका ट्याङ्करहरू समेत प्रहरीले नियन्त्रणमा लिएको भने घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा ट्याङ्करबाट हवाई इन्धन चोरी, ७ जना रंगेहात पक्राउ

वीरगंज । पर्सा प्रहरीले हवाई इन्धन चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले गैरकानुनी रूपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै...

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...