Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

वीरगंजमा ट्याङ्करबाट हवाई इन्धन चोरी, ७ जना रंगेहात पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले हवाई इन्धन चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले गैरकानुनी रूपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मारिएको थियो ।

छापाका क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिलाई रंगेहात पक्राउ गर्नुका साथै उक्त ट्याङ्करसमेत नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए ।

प्रहरीले करिब तीन घण्टासम्म सञ्चालन गरेको विशेष अपरेसनको क्रममा इन्धन चोरीमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि उनीहरूले हवाई इन्धन चोरीमा संलग्नता राखेका थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान सम्पन्न भएपछि घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्याङ्करबाट तेल चोरी गर्दै पक्राउ परेका सात जना को को हुन् ?

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भारतको आईसीपी नाकाबाट नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा इन्धन चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा...

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...