Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

spot_img
spot_img

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

“Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पतालका निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलमार्फत सिकाइको महत्त्वबारे जानकारी गराइएको थियो । त्यस्तै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको महत्त्वबारे सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगंज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ जना विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए । उनीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मक सोच र बाल विकासका विविध पक्षबारे जानकारी प्राप्त गरेका थिए ।

यस अवसरमा नवप्रसूता आमाहरूलाई मातृ–शिशु सम्बन्ध थप सुदृढ बनाउन बेबी–मदर फोटो फ्रेम समेत वितरण गरिएको थियो । यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई नर्सिङ विभागले धन्यवाद ज्ञापन गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

पर्सामा ग्यासको कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने (भण्डारण...