Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

spot_img
spot_img

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा वार्ताका क्रममा भएको भनिएको दुर्व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन् ।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले सामूहिक रूपमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहलाई राजीनामा बुझाएका छन् । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चिकित्सकहरूले क्रमिक रूपमा राजीनामा दर्ता गराएका हुन् ।

चिकित्सकहरूको आरोपअनुसार सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भाेला दाहालको उपस्थितिमा भएको वार्ताका क्रममा पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरूमाथि धक्कामुक्का गर्दै दुर्व्यवहार गरेका थिए । उक्त घटनापछि चिकित्सकहरू थप आक्रोशित बनेर सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन् ।

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । सोही क्रममा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो । उक्त घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । त्यसपछि वार्ता तनावग्रस्त बनेको थियो ।

चिकित्सकहरूको भनाइअनुसार वार्ता छाडेर बाहिरिने क्रममा प्रहरी र चिकित्सकबीच धकेलाधकेल भएको थियो । चिकित्सकहरूले एसपीले जबर्जस्ती प्रजिअको कार्यकक्षतर्फ लैजान खोजेको आरोप लगाएका छन् । त्यसपछि वार्ता निष्कर्षविहीन बनेर चिकित्सकहरू जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए ।

चिकित्सकहरूको सामूहिक राजीनामासँगै नारायणी अस्पतालको सेवा सञ्चालन थप प्रभावित हुने देखिएको छ भने आन्दोलनको निकासका लागि सरोकारवालाबीच पुनः संवादको आवश्यकता देखिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका...

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...