Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

spot_img
spot_img

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ ।

विद्यालयमा गर्मीको समस्या तथा आधारभूत पूर्वाधारको अभावलाई ध्यानमा राख्दै विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका रामबिनय यादव, आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउँदै शैक्षिक वातावरण सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

यस सहयोग कार्यक्रम सफल बनाउन आवश्यक पंखाहरू व्यवस्थापनमा विशेष सहयोग पुर्‍याउने प्रकाश कर्ण तथा अन्य सहयोगी दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ ।

क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...