Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्सामा ‘थिंक.केयरकूप’ तालिम सम्पन्न, स्याहार अर्थतन्त्रमा सहकारीको भूमिका सुदृढ गर्ने जोड

spot_img
spot_img

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा राष्ट्रिय सहकारी महासंघको सहयोगमा जिल्ला सहकारी संघ, पर्साले सहकारी सदस्यहरूका लागि ‘थिंक.केयरकूप’ : स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेल’ सम्बन्धी एकदिने रोलआउट तालिम सञ्चालन गरेको छ ।

तालिमको मुख्य उद्देश्य स्याहार सहकारीको अवधारणा प्रवर्द्धन गर्दै स्याहारमा आधारित अर्थतन्त्रको विकास, लैङ्गिक समानता तथा सहकारी व्यवसाय मोडेलबारे सहभागीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । साथै सहकारीमार्फत स्याहार क्षेत्रलाई सम्मानित, व्यवस्थित र आर्थिक रूपमा दिगो बनाउने उपायबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ, पर्साका कार्यकारिणी समिति, कर्मचारी तथा जिल्लाका १२ वटा सहकारी संस्थाका गरी २८ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन तथा समापन गर्दै जिल्ला सहकारी संघ, पर्साका अध्यक्ष हरिन्द्र सिंहले पर्सा जिल्लामा स्याहार सहकारी सञ्चालनको आवश्यकता औंल्याउँदै आगामी दिनमा जिल्ला सहकारी संघले यस अवधारणालाई व्यवहारमा उतार्ने गरी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा मुख्य सहजकर्ताका रूपमा सुरज पण्डित र सहयोगी सहजकर्ताका रूपमा रामाकान्त चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रममा स्याहार अर्थतन्त्रलाई सहकारी आन्दोलनसँग जोडेर सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने विषयमा विस्तृत छलफलसमेत गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन...

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...