Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

spot_img
spot_img

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत उक्त सडक विस्तार अभियानलाई पुनः प्राथमिकताका साथ अघि बढाएको हो ।

गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि स्थगित गरिएको सडक विस्तार अभियान पुनः सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय, हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार हाल घण्टाघर क्षेत्रमा ६ वटा डोजरमध्ये ५ वटा डोजर परिचालन गरी संरचना हटाउने काम भइरहेको छ । यसअघि त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि शंकराचार्य द्वारसम्मको करिब ८ किलोमिटर सडकखण्डमध्ये ७ किलोमिटर क्षेत्रमा करिब ६०० घर तथा संरचना हटाइसकिएको उनले बताए ।

अब बाँकी रहेको घण्टाघरदेखि आदर्शनगरसम्मको करिब १ किलोमिटर सडकखण्डमा पनि सडक विस्तार अभियान निरन्तर सञ्चालन गरिने इन्जिनियर शर्माले जानकारी दिए ।

वीरगंजको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियान सुरु गरेको थियो । पहिलो चरणमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो ।

यसैबीच, सडक डिभिजन कार्यालयले साउन २ गते सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडक सीमा संरक्षणको काम भइरहेको जनाउँदै सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने पसल तथा अन्य संरचना तत्काल खाली गर्न आग्रह गरेको थियो ।

कार्यालयले घरभित्र कोही नबस्न, आवश्यक सामान सुरक्षित स्थानमा सार्न तथा होटल, लज र अतिथि गृह सञ्चालकलाई पनि उक्त क्षेत्रमा पाहुना नराख्न अनुरोध गर्दै सबै सरोकारवालालाई सहयोग गर्न अपिल गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...