Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

दुर्गा भगवतीका तत्कालीन कार्यकारी अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा प्रतिवादीहरूले मिलेमतोमा लाभग्राही हुन अयोग्य व्यक्तिलाई जेष्ठ नागरिक, एकल महिला/विधवा तथा दोहोरो शीर्षकअन्तर्गत भत्ता वितरण गरी राज्यको ३२ लाख २४ हजार एक रुपैयाँ हिनामिना गरेका हुन् ।

अनुसन्धानबाट सामाजिक सुरक्षा भत्ता लिन आवश्यक कानुनी योग्यता नपुगेका व्यक्तिलाई झुट्टा विवरणका आधारमा लाभग्राही कायम गरिएको, आवश्यक निवेदन तथा प्रमाण कागजातसमेत पेश नगराई सरकारी अभिलेखमा नाम समावेश गरी भत्ता वितरण गरिएको खुलेको आयोगले जनाएको छ ।

यस्तै, बैंकिङ प्रणाली लागू हुनुअघि भरपाईमार्फत भत्ता वितरण गर्दा एउटै व्यक्तिबाट विभिन्न लाभग्राहीको नाममा औंठाछाप लगाई रकम बुझाइएको, उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवित रहेका महिलालाई एकल महिला/विधवा भत्ता उपलब्ध गराउन सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (MIS) मा झुट्टा विवरण प्रविष्ट तथा अद्यावधिक गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ ।

अख्तियारले प्रतिवादीहरूको उक्त कार्यबाट सार्वजनिक सम्पत्तिमा ३२ लाख २४ हजार एक रुपैयाँ बराबरको हानिनोक्सानी पुगेको निष्कर्ष निकालेको छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १७ अन्तर्गत कसुर कायम गरी ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...