Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

spot_img
spot_img

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा आगलागी भएपछि छलफलका लागि प्रशासनले बोलाउँदा पनि कम्पनीका सञ्चालक उपस्थित नभएको पीडितले बताएका छन् ।

पीडित प्रदीप साहका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले दुई पटक समय तोकेर छलफलका लागि बोलाए पनि कुशवाहा मोटर्सका सञ्चालक उपस्थित भएका छैनन् ।

यस घटनासम्बन्धी पीडित प्रदीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गर्दै आवश्यक छानबिन, क्षतिपूर्ति र कानुनी कारबाहीको माग गरेका छन् ।

निवेदनअनुसार २०८३ जेठ २१ गते बिहान करिब ७ः४० बजे उनका बुबा किशन साह कानुको नाममा दर्ता रहेको म.प्र.०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर घरभित्र पार्किङ गरी राखिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगलागी भएको थियो ।

आगलागीबाट ई–स्कुटर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै आगो घरको प्यासेज, भुइँतल्लाको कोठा, विद्युत् लाइन, घरभित्रको सम्पूर्ण वायरिङ तथा इन्टरनेट राउटरसम्म फैलिएको निवेदनमा उल्लेख गरिएको छ ।

पीडितले उक्त घटनाबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । आगलागी भएको ई–स्कुटर वीरगंजस्थित कुशवाहा मोटर्सबाट खरिद गरिएको उल्लेख गर्दै विक्रेता पक्षलाई जिम्मेवार ठहर गरी कानुनबमोजिम क्षतिपूर्ति दिलाइदिन प्रशासनसँग माग गरिएको छ ।

पीडितले जिल्ला प्रशासन कार्यालयमार्फत विक्रेता पक्षलाई उपस्थित गराई घटनाको निष्पक्ष छानबिन, क्षतिको यथार्थ मूल्याङ्कन तथा कानुनअनुसार क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...