Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा कालो सिसा हटाउने अभियान तीव्र, कानुनविपरीत प्रयोग गरे कारबाही हुने

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको निर्देशनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत विभिन्न सवारी साधनबाट कालो सिसा तथा स्टिकर हटाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम सम्बन्धित निकायको स्वीकृतिबिना कुनै पनि सवारी साधनको रङ, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन। सोही कानुनी व्यवस्थाअनुसार सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउने अभियान सञ्चालन गरिएको हो ।

कार्यालयले कालो सिसाको प्रयोगले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न नसकिने हुँदा सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ उत्पन्न हुने जनाएको छ । यस्ता सामग्रीले आपराधिक गतिविधि लुकाउन सहयोग पुग्न सक्ने र सार्वजनिक सुरक्षा तथा शान्ति व्यवस्थामा समेत चुनौती सिर्जना गर्न सक्ने भएकाले अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयको भनाइ छ ।

ट्राफिक प्रहरीले सबै सवारीधनी तथा चालकलाई कानुनविपरीत कालो सिसा वा स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ । यदि यस्ता सामग्री प्रयोग गरिएको भेटिएमा तत्काल हटाइने र प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीसमेत गरिने चेतावनी दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक सुरक्षा, पारदर्शिता तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अनुगमन तथा कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज । एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार...

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...