Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, सेवा भावना र व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यका साथ औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको हो।

वीरगञ्जस्थित त्रिशला होटलमा आयोजित समारोहसँगै क्लबको पहिलो कार्यसमिति घोषणा गरिएको छ। नवगठित कार्यसमितिको चार्टर अध्यक्षमा अनुकम्पा गुप्ता, सचिवमा श्रुति गुप्ता तथा कोषाध्यक्षमा कृष्ण कर्ण चयन भएका छन्।

रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रो. सञ्जय जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालबाबु पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्याब्सन वीरगञ्जका कोषाध्यक्ष सुरज पटेल, रो. सौरभ बर्नवाल, रो. अनिल जैसवाल, मानवसेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, एलाइड युथ सोसाइटीकी चार्टर अध्यक्ष ओम कुमारी झा, नेपालिज यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, अमित शर्मा लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लालबाबु पटेलले विद्यालयस्तरमै नेतृत्व विकास र सामाजिक सेवाको संस्कार निर्माण गर्न इन्टरएक्ट क्लब प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूलाई अध्ययनसँगै समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गर्दै सेवा, अनुशासन र सकारात्मक सोचलाई जीवनशैली बनाउन सुझाव दिए।

अध्यक्ष रो. सञ्जय जोशीले रोटरीको मूलमन्त्र “Service Above Self” लाई आत्मसात् गर्दै इन्टरएक्ट क्लबले विद्यार्थीहरूमा नेतृत्व, मित्रता, सहकार्य र स्वयंसेवाको भावना विकास गर्ने बताए। समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण भएकाले विद्यार्थीहरूले सानैदेखि सामाजिक उत्तरदायित्वका गतिविधिमा सहभागी हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका वक्ताहरूले इन्टरएक्ट क्लब विद्यार्थीहरूको व्यक्तित्व विकास, सामाजिक चेतना, टोलीमा काम गर्ने क्षमता तथा समुदायप्रतिको दायित्वबोध अभिवृद्धि गर्ने प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरे। साथै नवगठित क्लबले शिक्षा, वातावरण संरक्षण, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

समारोहमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, रोटरी तथा लायन्स क्लबका सदस्य, प्याब्सनका पदाधिकारी र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. Greate pieces. Kеep writing such kind of information on your blog.
    Im really impressed by yoսr blog.
    Hi tһere, You have performed a great job.
    І will certainly digɡ it and for my part suggest to my friends.
    Ι’m sure they will be benefited from this web site.

    Аlso visit my web site – fintechbase

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...