Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित होटल मकालुमा सम्पन्न भएको छ ।

क्लबका निवर्तमान अध्यक्ष लायन नरोतम पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमल्सिना, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, लायन श्याम गुप्ता, लायन तासी म्यामललगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नरोतम पाण्डेले अध्यक्ष–निर्वाचित लायन दिगम्बर थापालाई क्लबको मिनेट बुक, आधिकारिक अभिलेख तथा अन्य आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका थिए। यससँगै लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो ।

नवनिर्वाचित अध्यक्ष दिगम्बर थापाले आगामी कार्यकालको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायसँग सहकार्य गर्दै सामाजिक सेवाका गतिविधिलाई थप विस्तार गरिने बताए ।

कार्यक्रममा जोनल चेयरपर्सन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर डी.एन. अग्रवाल तथा प्रमुख अतिथि राम बिहारी पाण्डेले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स क्लबले समाज सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यस अवसरमा अध्यक्ष दिगम्बर थापाले निवर्तमान अध्यक्ष नरोतम पाण्डेलाई सफल कार्यकालको सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गर्दै क्लबको नेतृत्वमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रमको समापनमा निवर्तमान अध्यक्ष नरोतम पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वले क्लबलाई अझ सक्रिय, सशक्त र सेवामुखी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन लायन सन्दीप गुप्ताले गरेका थिए। पद हस्तान्तरणसँगै लायन्स क्लब अफ वीरगञ्ज परिवारले नयाँ नेतृत्व र सामाजिक सेवाप्रतिको थप प्रतिबद्धतासहित नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...