Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

spot_img
spot_img

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार आइतबार वीरगंज महानगरपालिका–१६ इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिरसिया नदी किनारको झाडीमा लुकाइछिपाइ राखिएको ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसै दिन इनरुवा र कोनिया नाकामा परिचालित सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरिएको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरका किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउसहित ओसारपसारमा प्रयोग भएका एक थान ई–रिक्सा र एक थान साइकल बरामद गरेको छ । ती सामान तथा सवारी साधन पनि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, असार १३ गते वीरगंज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट खटिएको सशस्त्र प्रहरी टोलीले १० लाख ८४ हजार ४०० रुपैयाँ बराबरका कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूल लगायतका सामग्री तथा ओसारपसारमा प्रयोग भएका एक थान टेम्पो, एक थान मोटरसाइकल र तीन थान साइकल बरामद गरेको थियो। उक्त सामान तथा सवारी साधन असार १४ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार विभिन्न स्थानबाट बरामद भएका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३०५ रुपैयाँ रहेको छ । सीमा क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा गतिविधि निरन्तर सञ्चालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...