Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र अनुभव आदानप्रदान’ विषयक दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।

वीरगंजस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यशालाको उद्देश्य हैजालगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव र सिकाइको आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोलका एशिया क्षेत्रीय प्रबन्धक डा. अभिषेक रिमाल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर पटेल, कोषाध्यक्ष दयाशंकर सिंह, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा तथा लक्ष्मी पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा र बाराका प्रतिनिधिहरू, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. प्रकट अर्याल, युनिसेफका अनिश शर्मा सुवेदी र मेघराज मगर तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सरकारी तथा गैरसरकारी संघसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले हैजा रोकथाम तथा नियन्त्रणका लागि हालसम्म अपनाइएका अभ्यास, प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले जलजन्य तथा सरुवा रोगको जोखिम अझै कायम रहेकाले समयमै पूर्वतयारी, प्रभावकारी निगरानी प्रणाली, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता, सरसफाइ प्रवर्द्धन तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यशालाबाट प्राप्त अनुभव, सिकाइ तथा सुझावलाई आगामी कार्ययोजनामा समेट्दै हैजाविरुद्धको पूर्वतयारीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् । साथै, सरकारी निकाय, विकास साझेदार संस्था तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउँदै सम्भावित प्रकोपको प्रभावकारी व्यवस्थापनमा जोड दिने निष्कर्षसहित कार्यशाला सम्पन्न भएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...