Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, मनिष झा पराजित

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनमा उनले ६७३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत साथ पराजित भएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आचार्यले महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण निर्धारित तीन दिनको सट्टा पाँच दिनभन्दा बढी समयसम्म सञ्चालन भएको भन्दै पार्टीका सदस्यहरूसँग क्षमायाचना गरेका छन् ।

उनले नेपाली जनताले रास्वपालाई दिएको विश्वास र जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै विधिसम्मत, पारदर्शी तथा नागरिकप्रति उत्तरदायी ढंगले पार्टीलाई अघि बढाउने आफ्नो प्राथमिकता रहने स्पष्ट पारे ।

आचार्यले संगठनात्मक सुधार, स्थानीय तहका लागि सक्षम र योग्य उम्मेदवार छनोट तथा पार्टी सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिने बताए । पार्टीभित्र पारदर्शिता, ऐक्यबद्धता र संस्थागत अभ्यासलाई सुदृढ बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

यता उनका निकटतम प्रतिस्पर्धी मनिष झाले निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको अभिन्न हिस्सा भन्दै सहज रूपमा स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रास्वपामा गुटबन्दी र टिके राजनीतिक अभ्यास अन्त्य गर्ने उद्देश्यले आफू निर्वाचनमा होमिएको उल्लेख गरेका छन् ।

झाले निर्वाचन प्रक्रिया सम्पन्न गराएकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै निर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन् । साथै आफ्नो अनुभव र क्षमताअनुसार पार्टीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अबदेखि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यको भूमिकामा सक्रिय रहने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...