Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

एनवाईईएफ वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा चन्दन सिंह

spot_img
spot_img

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगंजस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ ।

च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरिप्रसाद गौतम सहभागी थिए ।

साधारणसभालाई सम्बोधन गर्दै गौतमले देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको सुदृढीकरणका लागि युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले नयाँ पुस्ताका उद्यमीलाई नवीन सोच, प्रविधि र व्यवसायिक दक्षतासहित अघि बढ्न आग्रह गर्दै वीरगंज उद्योग वाणिज्य संघले युवा उद्यमशीलता प्रवर्द्धनका हरेक प्रयासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अनुभवी व्यवसायी र युवा उद्यमीबीच सहकार्य, ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उद्यमशीलताको वातावरण अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बीपीसी कलेजका बासु कर्ण, अर्बिन्द श्रेष्ठ, डा. सुबोध गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष एवं समाजसेवी कमल चौगाई, सुदीप घिमिरे, पंकज अग्रवाल, मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, वरिष्ठ उद्योगपति अशोक वैद्य, राकेश मिश्रा, शम्भु प्रसाद गुप्ता, धिरेन्द्र सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष माधव राजपाल, अनूप अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

च्याप्टरका दोस्रो उपाध्यक्ष मोहित गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रमकाे सञ्चालन संचारकर्मी सुर्यानारायण बिकले गरेका थिए ।

साधारणसभामा च्याप्टरले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका कार्यक्रम, योजना तथा युवा उद्यमशीलता प्रवर्द्धनका नयाँ पहलहरूबारे समीक्षा गरिएको थियो ।

यसैबीच, साधारणसभाले चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिले सदस्यहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र प्रभावकारी कार्ययोजनामार्फत युवा उद्यमशीलतालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...