Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट तालिम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगंजको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालित ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (Faculty Development Training–FDT) शुक्रबार सम्पन्न भएको छ ।

असार ७ देखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण पद्धतिको प्रवर्द्धन तथा शिक्षकहरूको शिक्षण क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

 नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहकाे अध्यक्षता र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी प्रमुख अतिथ्यतामा भएकाे समापन समाराेहमा इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य तथा प्रा. डा. रमेश आचार्यले मन्तव्य राखेका थिए ।

कलेजको IBMS ब्लकस्थित कन्फरेन्स हलमा भएकाे समापन समारोमा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहान, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, उप–प्राचार्य डा. रविशंकर गुप्ता तथा नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा. डा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त अनुभव तथा सिकाइ साझा गरेका थिए । वक्ताहरूले फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले चिकित्सा शिक्षामा आधुनिक शिक्षण विधि, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान प्रवर्द्धन तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले संस्थाले शैक्षिक उत्कृष्टतालाई थप मजबुत बनाउन यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षक तथा सहभागी सबैप्रति आभार व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...