Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

भेडिहारीमा निःशुल्क आँखा शिविर सम्पन्न, ३५ जनामा मोतियाबिन्द फेला

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारी टोलमा शुक्रबार आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १६० जनाले सेवा लिएका छन् । शिविरमा परीक्षण गराएकामध्ये ३५ जनामा मोतियाबिन्द भेटिएको छ ।

नेपाल पासवान संघ, पर्सा र राष्ट्रिय दलित पत्रकार संघ, पर्साको संयुक्त आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको सहयोगमा स्थानीय समाजसेवी शम्भु पासवानको दैलोमा शिविर सञ्चालन गरिएको हो । शिविरमा दलित, मुस्लिम तथा अन्य समुदायका स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण गराएका थिए ।

शिविरमा खटिएका डा. प्रभात चौरसियाका अनुसार परीक्षणका क्रममा ३५ जनामा मोतियाबिन्दको समस्या पहिचान भएको छ । ती बिरामीहरूको शनिबार वीरगंज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुगेको आयोजकले जनाएको छ ।

शिविरमा राष्ट्रिय दलित पत्रकार संघ, पर्साका सल्लाहकार बृजलाल पासवान, नेपाल पासवान संघका नेता जयकुमार पासवान लगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जालिम मियाँका माइला छोरा बसीर अहमद रास्वपामा प्रवेश

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँका माइला छोरा बसीर अहमद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका...

पर्सामा एक महिनामा ११८ अपराधका घटना, १२२ फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल कात्तिक महिनामा जिल्लाभर अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध कारोबार नियन्त्रण तथा अवैध गतिविधिविरुद्ध सञ्चालन गरेका कारबाहीको विवरण...

गौरको नेपाल–भारत सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्। मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र...