Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अत्यधिक गर्मीका कारण वीरगंजका विद्यालय ९:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

spot_img
spot_img

वीरगंज । अत्यधिक गर्मी बढ्दै गएपछि वीरगंज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समयावधि परिवर्तन गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी गर्दै बालबालिकाको स्वास्थ्यमा गर्मीले पार्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ४ र ५ गतेका लागि विद्यालय सञ्चालन समय छोट्याइएको जनाएको हो ।

सूचनाअनुसार महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनसम्म बिहान ६ बजेदेखि ९:३० बजेसम्म मात्र पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको उल्लेख छ ।

महानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई तोकिएको समयावधि पालना गरी पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...