Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक कटवालको बिदाइ, श्रेष्ठको स्वागत

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको बिदाइ तथा नयाँ प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ जेठ २७ गतेको निर्णयअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट सरुवा भई अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा, महाराजगञ्ज काठमाडौं जान लागेका प्रहरी निरीक्षक युवराज कटवालको सम्मानसहित बिदाइ गरिएको हो ।

यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले कटवालको कार्यकालको प्रशंसा गर्दै आगामी कार्यजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै नवआगन्तुक कार्यालय प्रमुख श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बिदाइ तथा स्वागत कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी अधिकृत, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कटवाललाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो भने श्रेष्ठलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...