Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

लोककल्याणकारी सूचना बजेट फ्रिज हुने जोखिम, महानगरको ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित रोकिएको बजेट तत्काल निकासा गर्न माग गर्दै वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इमतियाज आलमलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीले बुधबार कार्यवाहक प्रमुख आलमलाई ज्ञापनपत्र बुझाउँदै सञ्चारमाध्यम र पत्रकारिता क्षेत्रका लागि विनियोजन गरिएको बजेट समयमै निकासा गर्न तथा स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा पत्रकारिता क्षेत्र लोकतन्त्र, सुशासन, सामाजिक रूपान्तरण तथा नागरिक अधिकार संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरिएको छ । वीरगंज महानगरपालिकाले नेपालमै पहिलोपटक स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानून निर्माण गरेर सञ्चार क्षेत्रको विकासका लागि उदाहरणीय पहल गरेको भए पनि पछिल्ला वर्षहरूमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको महासंघले जनाएको छ ।

महासंघका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि लोककल्याणकारी सूचना प्रकाशन तथा प्रसारणका निम्ति विनियोजन गरिएको बजेट आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सम्बन्धित सञ्चारमाध्यमहरूले प्राप्त गर्न सकेका छैनन् । यस्तै, नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि महानगरले विनियोजन गर्दै आएको बजेट पनि विगत तीन वर्षदेखि निरन्तर रोकिएको अवस्थामा रहेको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटसमेत हालसम्म निकासा नभएको भन्दै महासंघले महानगरको प्रक्रियागत ढिलासुस्ती र प्रशासनिक उदासीनताका कारण कानूनद्वारा सुनिश्चित गरिएका सुविधा तथा अधिकारबाट स्थानीय सञ्चारमाध्यम वञ्चित हुने अवस्था सिर्जना भएको जनाएको छ ।

महासंघले आर्थिक वर्ष समाप्तिको संघारमा पुग्दासमेत लोककल्याणकारी सूचना तथा महासंघको संस्थागत विकासका लागि विनियोजन गरिएको बजेट फ्रिज हुने जोखिम बढ्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ । यस विषयमा पटक–पटक आग्रह र ध्यानाकर्षण गराइए पनि महानगरबाट अपेक्षित पहल हुन नसकेको भन्दै महासंघले तत्काल आवश्यक प्रक्रिया पूरा गरी बजेट निकासा गर्न माग गरेकाे महासंघ पर्साका जिल्ला सचिव विजय चौहानले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै आलमले सञ्चार क्षेत्रसँग सम्बन्धित विषयप्रति महानगर सकारात्मक रहेको र कानूनी व्यवस्था तथा बजेट कार्यान्वयनका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...