Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

लोककल्याणकारी सूचना बजेट फ्रिज हुने जोखिम, महानगरको ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित रोकिएको बजेट तत्काल निकासा गर्न माग गर्दै वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इमतियाज आलमलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीले बुधबार कार्यवाहक प्रमुख आलमलाई ज्ञापनपत्र बुझाउँदै सञ्चारमाध्यम र पत्रकारिता क्षेत्रका लागि विनियोजन गरिएको बजेट समयमै निकासा गर्न तथा स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा पत्रकारिता क्षेत्र लोकतन्त्र, सुशासन, सामाजिक रूपान्तरण तथा नागरिक अधिकार संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरिएको छ । वीरगंज महानगरपालिकाले नेपालमै पहिलोपटक स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानून निर्माण गरेर सञ्चार क्षेत्रको विकासका लागि उदाहरणीय पहल गरेको भए पनि पछिल्ला वर्षहरूमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको महासंघले जनाएको छ ।

महासंघका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि लोककल्याणकारी सूचना प्रकाशन तथा प्रसारणका निम्ति विनियोजन गरिएको बजेट आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सम्बन्धित सञ्चारमाध्यमहरूले प्राप्त गर्न सकेका छैनन् । यस्तै, नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि महानगरले विनियोजन गर्दै आएको बजेट पनि विगत तीन वर्षदेखि निरन्तर रोकिएको अवस्थामा रहेको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटसमेत हालसम्म निकासा नभएको भन्दै महासंघले महानगरको प्रक्रियागत ढिलासुस्ती र प्रशासनिक उदासीनताका कारण कानूनद्वारा सुनिश्चित गरिएका सुविधा तथा अधिकारबाट स्थानीय सञ्चारमाध्यम वञ्चित हुने अवस्था सिर्जना भएको जनाएको छ ।

महासंघले आर्थिक वर्ष समाप्तिको संघारमा पुग्दासमेत लोककल्याणकारी सूचना तथा महासंघको संस्थागत विकासका लागि विनियोजन गरिएको बजेट फ्रिज हुने जोखिम बढ्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ । यस विषयमा पटक–पटक आग्रह र ध्यानाकर्षण गराइए पनि महानगरबाट अपेक्षित पहल हुन नसकेको भन्दै महासंघले तत्काल आवश्यक प्रक्रिया पूरा गरी बजेट निकासा गर्न माग गरेकाे महासंघ पर्साका जिल्ला सचिव विजय चौहानले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै आलमले सञ्चार क्षेत्रसँग सम्बन्धित विषयप्रति महानगर सकारात्मक रहेको र कानूनी व्यवस्था तथा बजेट कार्यान्वयनका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...