Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्रमुख प्रशासकीय अधिकृत बाेहरा आएपछि वीरगंज महानगरमा तलब निकासा सुरु

spot_img
spot_img

वीरगंज । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक कारोबार प्रभावित बनेको वीरगंज महानगरपालिकामा कर्मचारीहरूको रोकिएको तलब भुक्तानी प्रक्रिया सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा बसन्तबहादुर बोहरा जेठ २१ गते हाजिर भएपछि महानगरको आर्थिक प्रशासन सक्रिय बनेको हो ।

बोहरा हाजिर भएको केही दिनमै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलमले निमित्त नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै कर्मचारीहरूको तलब निकासा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप भुक्तानी गरिएको छ ।

लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी र १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब निकासा गरिएको छ । त्यसैगरी १२० जना करार सेवाका कर्मचारी तथा १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब भुक्तानी गरिएको उनले जानकारी दिए ।

राउतका अनुसार अझै बाँकी रहेका ६८४ जना कर्मचारीको खातामा पनि आज–भोलिभित्र तलब रकम जम्मा गरिने तयारी भइरहेको छ । पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब उपलब्ध गराइने उनले बताए ।

महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करार कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो । पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब भुक्तानी गरिएको हो ।

महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ ।

यता महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ । महानगरपालिकाले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसक्ने अवस्था रहेकाले दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल निकासा गर्न कार्यवाहक नगरप्रमुख आलमले निर्देशन दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै रोकिएका आर्थिक गतिविधि पुनः सञ्चालनमा आउन थालेपछि महानगरका कर्मचारी तथा सेवा प्रदायक संस्थाहरूमा राहतको अपेक्षा बढेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...