Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम पारित गर्ने उद्देश्यले गाउँसभाको बैठक बोलाइए पनि अध्यक्ष र उपाध्यक्ष पक्षबीच सहमति नजुट्दा बैठक नै बस्न सकेन ।

गाउँपालिकाका स्रोतका अनुसार गाउँपालिका अध्यक्ष मदन चौहान बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा थिए । तर उपाध्यक्ष मञ्जु देवी कुर्मी पक्षले बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेपछि विवाद थप चर्किएको हो । उपाध्यक्षका श्रीमान् श्याम पटेलले १८ जना गाउँसभा सदस्यको हस्ताक्षरसहित बहुमत आफूहरूसँग रहेको दाबी गरेका थिए ।

दुवै पक्ष आफ्नो अडानमा कायम रहेपछि बैठकमा विवाद र झडप हुन सक्ने सम्भावना देखिएको थियो । यही कारण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णा खतिवडा कार्यालय नआएपछि गाउँसभा बैठक सञ्चालन हुन नसकेको बताइएको छ । अब बैठक कहिले बस्ने भन्ने विषयमा समेत अन्योल कायम रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर पर्साका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिहरूबीच सहमति नजुट्दा प्रक्रिया प्रभावित भएको छ ।

हालसम्म पर्साका १४ स्थानीय तहमध्ये कुनै पनि पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । यद्यपि जगरनाथपुर, जिराभवानी र कालिकामाई गाउँपालिकाले भने आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरिसकेका छन् ।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन् । अधिकांश पालिकामा नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया अझै टुंगो लाग्न नसकेको अवस्था छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...