Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

spot_img
spot_img

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले साेमबार प्रदेशसभा बैठकमा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटअनुसार चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।

प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि ‘हेलो सीएम एप’ तथा ‘हेलो मुख्यमन्त्री टोल–फ्री नम्बर’ सञ्चालन गर्ने घोषणा गरेको छ । यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी ‘सय दिने रोजगारी ग्यारेन्टी कार्यक्रम’ समेत सञ्चालन गरिने भएको छ ।

महिला सशक्तीकरण तथा शिक्षामा जोड दिँदै यसअघि सञ्चालनमा रहेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी समृद्ध प्रदेश’ कार्यक्रम लागू गरिने अर्थमन्त्री भट्टराईले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगरिने, नयाँ सवारीसाधन खरिद नगर्ने तथा अनुत्पादक खर्च कटौती गरेर पुँजी निर्माणमा केन्द्रित हुने नीति सरकारले लिएको छ ।

त्यसैगरी प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा पनि बजेटमार्फत गरिएको छ । प्रदेश सरकारले उत्पादन, रोजगारी, सुशासन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...