Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन विशेष टोलीले सोमबार बिहान ८:५० बजे पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ निवासी ३४ वर्षीय राजेश सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सहनीलाई वीरगंज महानगरपालिका–११ स्थित फेला पारी नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका सहनीविरुद्ध बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी चार वटा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भएको थियो ।

उनलाई बैंकिङ कसुर मुद्दामा २ दिन कैद र ३ लाख ६० हजार रुपैयाँ जरिवाना, अर्को बैंकिङ कसुर मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र ५५ हजार रुपैयाँ जरिवाना तथा दुई वटा चेक अनादर मुद्दामा जनही ५ हजार रुपैयाँका दरले जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...