Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल चौहान कल्याण समाज, पर्साले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका प्रतिनिधिहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा मधेश प्रदेशका विभिन्न जिल्लासहित पर्सामा समेत चौहान समुदायको उल्लेख्य बसोबास रहेको भए पनि सरकारी अभिलेख, जनगणना, नागरिकता तथा अन्य आधिकारिक कागजातहरूमा चौहान जातिको स्पष्ट पहिचान नहुँदा समुदाय राज्यबाट प्राप्त हुने विभिन्न अधिकार, अवसर तथा सुविधाबाट वञ्चित हुँदै आएको उल्लेख गरिएको छ ।

समाजका अनुसार पर्सा जिल्लाका विभिन्न पालिका तथा वडाहरूमा करिब पाँच हजार चौहान समुदायका नागरिक बसोबास गर्दै आएका छन् । नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ मा चौहानलाई अन्य जातिको सूचीमा राखिएको भन्दै उक्त व्यवस्था सच्याई चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालको संविधान–२०७२ ले प्रदान गरेका मौलिक हक, समावेशी प्रतिनिधित्व तथा राज्यका सेवा–सुविधामा पहुँच सुनिश्चित गर्न चौहान समुदायको छुट्टै पहिचान आवश्यक रहेको उल्लेख गरिएको छ । साथै समुदायको हकहित संरक्षण, संवर्द्धन तथा सशक्तीकरणका लागि आवश्यक नीति निर्माण र कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

जातिय सुचिकृत चाैहान कल्याण समाजका संयोजक चन्देश कुमार चौहान तथा नेपाल चाैहान कल्याण समाजका कार्यवाहक अध्यक्ष अवध बिहारी प्रसाद चौहानद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सम्बन्धित निकायमार्फत चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न पहल तथा सिफारिस गरिदिन अनुरोध गरिएको छ ।

ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशलाई समेत पठाइएको समाजले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...