Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेपाली भाषा र साहित्यको संरक्षणमा सरोकारवालाको जोड

spot_img
spot_img

वीरगंज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि जगाउन र यसको संरक्षण गर्न विद्यालय, परिवार र समाज सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । वीरगंजमा आयोजित “नेपाली भाषा र साहित्य” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ता तथा शिक्षकहरूले यस्तो धारणा राखेका हुन् ।

‘साहित्यको विकास, विस्तार र समाजसेवामा समर्पित’ भन्ने नाराका साथ साहित्यिक चौतारी नेपाल मधेश प्रदेश समितिको आयोजनामा वीरगंज पब्लिक कलेज (बिपिसी) मा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वीरगंजका सामुदायिक र संस्थागत विद्यालय तथा कलेजहरूमा नेपाली विषय अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूले आफ्ना शिक्षण अनुभव र व्यावहारिक समस्याहरू साटासाट गरेका थिए । यस क्षेत्रको मातृभाषा भोजपुरी भएकाले कक्षाकोठामा नेपाली उच्चारण सिकाउन, भाषिक शुद्धता कायम गर्न र शब्दार्थ बुझाउन निकै कठिनाइ भोग्नुपरेको शिक्षकहरूले अनुभव सुनाए । भाषा र साहित्यको विकासका लागि विद्यालयको प्रयासले मात्र नपुग्ने भन्दै सहभागीहरूले घरमा पारिवारिक माहोल र समाजमा पनि साहित्यिक गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

समितिका वरिष्ठ उपाध्यक्ष प्रमोद पाण्डे हेरम्बको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, ठाकुरराम बहुमुखी क्याम्पसको नेपाली विषयका विभागीय प्रमुख ईन्द्रप्रसाद भट्टराई, बिपिसी कलेजका प्रिन्सिपल डा. बासुदेव कर्ण, नारायणी वाङ्गमय प्रतिष्ठानका सचिव महेशचन्द्र गौतम, भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनिता साह लगायतले मन्तव्य व्यक्त गर्दै नेपाली भाषाको वर्तमान अवस्था र सुधारका उपायबारे चर्चा गरेका थिए ।

क्रममा संस्थाका उपाध्यक्ष सुशिला भण्डारी, कार्यसमिति सदस्य अजमत अली अन्सारी, उमेश अवस्थी आदर्श, अस्मिता पटेल लगायतले रचना वाचन गरेका थिए ।

साहित्यिक चौतारी नेपाल मधेश प्रदेशकी सहसचिव प्रिया मिश्रले स्वागत मन्तव्य व्यक्त गरेकी कार्यक्रमको सहजीकरण संस्थाका सचिव सूर्य शुभचिन्तकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...